
अमेरिका जाने हो ? डीभीको आवेदन खुल्यो, कसरी भर्ने ?
काठमाडौं । सन् २०२४ को लागि अमेरिकी डाइभर्सिटी भिसा (डीभी)का लागि आवेदन खुलेको छ ।
गएराति राति ९ः४५ बजेबाट खुला भएको आवेदन २२ कात्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।
आवेदनका लागि https://dvprogram.state.gov/ मा गएर मागिएको जानकारी प्रविष्ट गर्नुपर्नेछ ।
स्पन्सर लगायतका कागजात नचाहिने र डीभीको आवेदन निःशुल्क भर्न सकिने समेत दूताबासले जनाएको छ । डीभीको अनलाइन फारम आफैंले भर्न र फारम भरिसकेपछि प्राप्त हुने कनफर्मेसन नम्बर सुरक्षित राख्नु पर्ने छ । नतिजा सार्वजनिक भएपछि त्यही कन्फर्मेसन नम्बरको आधारमा आफूलाई डीभी परे/नपरेको थाहा हुन्छ ।