
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर
काठमाडाैं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १३० रुपैयाँ ७२ पैसा र बिक्री दर १३१ रुपैयाँ ३२ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२९ रुपैयाँ २३ पैसा र बिक्रीदर १२९ रुपैयाँ ८२ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १४७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ९८ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८४ रुपैयाँ ९२ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ९ रुपैयाँ ३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७ पैसा तथा कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९० पैसा र बिक्रीदर ३६ रुपैयाँ ७ पैसा रहेको छ ।