
आज पनि काठमाडौं उपत्यकामा दिनभर पानी पर्ने
काठमाडौं । काठमाडौं उपत्यकामा आज दिनभर वर्ष हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण दसैँमा टीका थाप्न मान्यजनकहाँ जान तथा मानिसलाई आवतजावतमा निकै कठिनाइ भइरहेको छ ।
रातिदेखि काठमाडौं उपत्यकामा पानी परिरहेको छ । उपत्यकामा गएको २४ घण्टामा २२ दशमलब ४ एमएम पानी परेको छ । मौसमविद् मञ्जु बासीका अनुसार आज दिनभर पानी पर्नेछ ।
“काठमाडौं उपत्यकामा आज दिनभर लगातार मध्यम खालको वर्षा हुन्छ” उहाँले भन्नुभयो, “३÷४ बजेतिर पानी केही कम भएपनि दिनभरी नै पानी पर्नेछ ।” काठमाडौं उपत्यकामा शनिबार विहानदेखि मात्र वर्षा कम हुँदै जानेछ ।