
दक्षिण कोरियामा अहिले पनि दिनमा ३४ हजार भन्दा बढी कोरोना संक्रमित
काठमाडाैं । दक्षिण कोरियामा अहिले पनि दिनमै ३४ हजार जना भन्दा बढी कोरोना भाइरसका संक्रमित रहेका पाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार मात्र यसअघिको २४ घन्टायता ३४ हजार सात सय ३९ जनामा कोरोनाको संक्रमण भएको पाइएको छ ।
यहाँ अघिल्लो दिनमात्र १६ हजार जनामा मात्र कोरोनाका संक्रमित पाइएकामा बुधबार ३४ हजार भन्दा बढी देखिएको हो । यहाँ अघिल्लो हप्ता दैनिक करिब २४ हजार जनामा संक्रमण भएको बताइएकामा बुधबार यसमा बृद्धि भएको हो ।
पछिल्लो दिन यहाँ कम्तीमा पनि १६ जनाको ज्यान गएको छ । यहाँ अहिलेसम्म कोरोनाबाट २८ हजार जनाभन्दा बढीको कोरोनाले निधन भएको छ । त्यसैगरी यहाँ यो महामारीको सुरूआतदेखि अहिलेसम्म नै दुई करोड भन्दा बढीमा यो संक्रमण भएको बताइएको छ ।