
आजको विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा खरिद-बिक्री ?
काठमाडाैं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १३० रुपैयाँ १४ पैसा र बिक्री दर १३० रुपैयाँ ७४ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १२९ रुपैयाँ ३० पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १४८ रुपैयाँ १ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६९ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ३९ पैसा र बिक्रीदर ८४ रुपैयाँ ७८ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९ रुपैयाँ ३ पैसा तथा कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९१ पैसा रहेको छ ।