
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडाैं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १३० रुपैयाँ ७० पैसा र बिक्री दर १३१ रुपैयाँ ३० पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२७ रुपैयाँ ७१ पैसा र बिक्रीदर १२८ रुपैयाँ २९ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १४६ रुपैयाँ २१ पैसा र बिक्रीदर १४६ रुपैयाँ ८९ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ २९ पैसा र बिक्रीदर ८४ रुपैयाँ ६८ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ९ रुपैयाँ १ पैसा र बिक्रीदर ९ रुपैयाँ ५ पैसा तथा कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६ पैसा रहेको छ ।