
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडाैं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १२९ रुपैयाँ ८५ पैसा र बिक्री दर १३० रुपैयाँ ४५ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२७ रुपैयाँ २७ पैसा र बिक्रीदर १२७ रुपैयाँ ८५ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १४४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६१ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ १६ पैसा र बिक्रीदर ८३ रुपैयाँ ५४ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ८ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९ रुपैयाँ १ पैसा तथा कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६९ पैसा रहेको छ ।