
आजको विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा खरिद-बिक्री ?
काठमाडाैं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर स्थिर रहि अमेरिकी डलर एकको नेपाली खरिद दर १२९ रुपैयाँ ८५ पैसा र बिक्री दर १३० रुपैयाँ ४५ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२७ रुपैयाँ २० पैसा र बिक्रीदर १२७ रुपैयाँ ७९ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १४४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५६ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ८४ रुपैयाँ ७४ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९ रुपैयाँ ३ पैसा तथा कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६१ पैसा रहेको छ ।