
आज सुनको मूल्य बढ्याे, चाँदीकाे मूल्य भने स्थिर
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज २ सय रूपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९३ हजार रूपैयाँमा कारोबार भईरहेको छ । आज तेजावी सुन प्रतितोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य भने आज स्थिर छ । आज चाँदीको मूल्य १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।