
आजको विदेशी मुद्रा विनिमय दर यस्तो छ
काठमाडाैं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर स्थिर रहि अमेरिकी डलर एकको नेपाली खरिद दर १३० रुपैयाँ ६८ पैसा र बिक्री दर १३१ रुपैयाँ २८ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १२७ रुपैयाँ २९ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४० पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ४८ पैसा र बिक्रीदर ८४ रुपैयाँ ८७ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ९ रुपैयाँ ३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७ पैसा तथा कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७३ पैसा रहेको छ ।