
हेर्नुहोस् यस्तो छ आजको सुनचाँदीको मूल्य
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज १२ सय रूपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९२ हजार ८ सय रूपैयाँमा कारोबार भईरहेको छ । आज तेजावी सुन प्रतितोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज बढेकाे छ । आज चाँदीको मूल्य १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।