
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, डलरको भाउ कति ?
काठमाडाैं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर स्थिर रहि अमेरिकी डलर एकको नेपाली खरिद दर १३० रुपैयाँ ८१ पैसा र बिक्री दर १३१ रुपैयाँ ४१ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२५ रुपैयाँ २२ पैसा र बिक्रीदर १२५ रुपैयाँ ७९ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४० रुपैयाँ २३ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८४ रुपैयाँ ३० पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ९ रुपैयाँ ४ पैसा र बिक्रीदर ९ रुपैयाँ ८ पैसा तथा कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९३ पैसा रहेको छ ।