
मोबाइल खरिद गर्दा टिभी उपहार
सन्तोष रुचाल, धनकुटा । धनकुटा नगरपालिका–६ बीचबजारकी उषा श्रेष्ठले मोबाइल खरिद गर्दा टिभी उपहार जितेकी छिन् ।
धनकुटा नगरपालिका–७ चुवाबोटस्थित सुनाखरी मोबाइल पसलबाट २१ हजारको मोबाइल सेट खरिद गर्दा लक्की ड्र मार्फत श्रेष्ठले २ लाख मुल्य बराबरको टिभी उपहार जितेकी हुन् ।
उनले सामसुङ कम्पनीको एफ २२ मोडलको मोबाइल सेट खरिद गरेकी थिईन् । सामसुङको भाग्यशाली ग्राहक उपचार योजना अन्तरगत श्रेष्ठले गोलाप्रथा मार्फत उक्त उपहार जितेकी हुन् । उनी भाग्यशाली ग्राहक छनौट भएकाले अब केही दिनभित्रै औपचारिक कार्यक्रम गरेर ६५ इन्चको सामसुङ फोरके टिभी हस्तान्तरण गरिने सुनाखरी मोबाइल पसलका सञ्चालक सरोज श्रेष्ठले बताए ।
उनले भने–‘लक्की ड्र मार्फत भाग्यशाली विजेता छनौट भईसकेको छ । अब केही दिनमा भव्यकार्यक्रमका बीच पुरस्कार हस्तान्तरण गरिनेछ ।’ पसल सञ्चालक श्रेष्ठका अनुसार चाडबाडको अवसरमा सामसुङ कम्पनीले सामसुङ मोबाइल खरिद गर्नेहरुलाई हरेक दिन लक्की ड्र मार्फत उपहार स्वरुप २ लाख मुल्य बराबरको टिभी प्रदान गर्दै आएको छ ।
बम्पर उपहारमा भने कार प्रदान गरिने सो कम्पनीले जनाएको छ । सुनाखरी मोबाइल पसलमा आइफोन, रेड्मी, रियलमी, ओप्पो, भिभो, सामसुङ, वानप्लस लगायतका सम्पूर्ण कम्पनीका मोबाइल सेटहरु विक्री गर्ने गरिएको छ ।
पुरोनो मोबाइल लिएर आउनेहरुलाई एक्सचेन्ज गरेर उचित मुल्यांकन गरी नयाँ मोबाइल सेट पनि प्रदान गरिने मोबाइल पसल सञ्चालक श्रेष्ठले बताए । सो पसलले जुनसुकै कम्पनीको मोबाइल सेट खरिद गरेपनि हात खाँली नजाने उपहार पनि प्रदान गर्दै आएको छ ।