
कति छ आज सुनचाँदीकाे मूल्य ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज २ सय रूपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९१ हजार ६ सय रूपैयाँमा कारोबार भईरहेको छ । आज तेजावी सुन प्रतितोलामा ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज घटेकाे छ । आज चाँदीको मूल्य १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।