
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडाैं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर स्थिर रहि अमेरिकी डलर एकको नेपाली खरिद दर १३० रुपैयाँ २४ पैसा र बिक्री दर १३० रुपैयाँ ८४ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२५ रुपैयाँ ३८ पैसा र बिक्रीदर १२५ रुपैयाँ ९६ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १४० रुपैयाँ ६९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३३ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८४ रुपैयाँ ९५ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ९ रुपैयाँ २ पैसा र बिक्रीदर ९ रुपैयाँ ६ पैसा तथा कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८० पैसा रहेको छ ।