
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडाैं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर स्थिर रहि अमेरिकी डलर एकको नेपाली खरिद दर १३० रुपैयाँ ३० पैसा र बिक्री दर १३० रुपैयाँ ९० पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२६ रुपैयाँ ३२ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४० रुपैयाँ ५२ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८५ रुपैयाँ १३ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ९ रुपैयाँ ४ पैसा र बिक्रीदर ९ रुपैयाँ ८ पैसा तथा कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६९ पैसा रहेको छ ।