
सुनचाँदी किन्दै हुनुहुन्छ ? यस्तो छ आज सुनचाँदीको मूल्य
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि साेही मूल्यमा कारोबार भईरहेको छ । आज तेजावी सुन प्रतितोलामा ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य भने आज घटेकाे छ । आज चाँदीको मूल्य १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।