
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर
काठमाडाैं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर स्थिर रहि अमेरिकी डलर एकको नेपाली खरिद दर १२९ रुपैयाँ २९ पैसा र बिक्री दर १२९ रुपैयाँ ८९ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १२५ रुपैयाँ ८९ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १४० रुपैयाँ ३८ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ४० पैसा र बिक्रीदर ८४ रुपैयाँ ७९ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ९ रुपैयाँ २ पैसा र बिक्रीदर ९ रुपैयाँ ६ पैसा तथा कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ३० पैसा र बिक्रीदर ३४ रुपैयाँ ५२ पैसा रहेको छ ।