
२४ घण्टामा थपिए ५१ जना नयाँ कोरोना संक्रमित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ४० एन्टीजेन परिक्षण गर्दा ११ गरी जम्मा ५१ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १०० जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या शुन्य रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार १७ जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टामा तीन हजार २४ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या शुन्य रहेको छ । हाल सक्रिय संक्रमितको संख्या १ हजार २२३ जना रहेका छन् ।