
डेंगुका बिरामी बढे
काठमाडाैं । नेपालगञ्जको भेरी अस्पतालले कोभिडका लागि छुट्याएको वार्डमा डेंगुलगायत बिरामी राखेको छ । यहाँ डेंगुको बिरामी ४६ जना छन् ।
कोभिडका बिरामी बढेपछि अस्पतालले छुट्टै वार्ड बनाएकोमा डेङ्गुलगायतका बिरामी बढेपछि उक्त वार्डमा ती बिरामीलाई राखिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा बद्री चापागाईंले बताउनुभयो ।
उहाँले“यो बिरामी बढ्ने मौसम हो । बिरामी बढेर राख्ने ठाउँ छैन”, मेसु डा चापागाईले भन्नुभयो । अस्पतालमा एक सय ५० शय्या छ । ठाउँ नभएपछि कुरुवाका लागि बनाइएको बेन्च, कुर्सीमा बिरामी बसेका छन् ।
अस्पतालमा डेंगुलगायतका बिरामी बढेपछि रिफर गर्ने क्रम बढेको छ । एकै दिन अस्पतालमा पुगेर दर्जनभन्दा बढी फर्किरहेका छन् । पश्चिमको रिफरल सेन्टर मानिने भेरीमा डेंगुबाट दुई जनाको मृत्यु भइसकेको छ ।
यसैबीच, नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा डेङ्गु रोग रोकथाम तथा नियन्त्रणका लागि सरोकारवाला बीचलाई सचेत गराउँदै आएको उपमेयर कमरुद्दिन राईले जानकारी दिनुभयो ।