
ह्वातै बढ्याे आज सुनचाँदीको मूल्य
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज तेजावी सुन प्रतितोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ । आज चाँदीको मूल्य १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।