
आजको विदेशी मुद्राको विनिमय दर: कुन देशको मुद्राको मूल्य कति ?
काठमाडाैं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर स्थिर रहि अमेरिकी डलर एकको नेपाली खरिद दर १२७ रुपैयाँ ८ पैसा र बिक्री दर १२९ रुपैयाँ ६८ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२७ रुपैयाँ ५७ पैसा र बिक्रीदर १२८ रुपैयाँ १६ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १४६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४७ रुपैयाँ २ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ९ रुपैयाँ ५ पैसा र बिक्रीदर ९ रुपैयाँ ९ पैसा तथा कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४९ पैसा रहेको छ ।