हाम्रालाई होइन भिजनरी र राम्रालाई छानौंःहेमराज भण्डारी
धनकुटा । नेकपा माओवादी केन्द्रका नेता हेमराज भण्डारीले आसन्न प्रदेश र संघीय निर्वाचनमा हाम्रालाई नभई भिजनरी र राम्रालाई छान्नुपर्ने बताउनुभएकाे छ । नेता भण्डारीले जसले देशको हित, विकास र समृद्धि चाहन्छ त्यही व्यक्तिलाई आगमी निर्वाचनमा छान्नुपर्ने सन्देश दिनुभएको हाे ।
नेपाली राजनीतिले नेपाललाई परिवर्तनको कुरा गरिरहेको अवस्थामा, नेपालको राजनीतिक भविष्यको पनि अहिले खडेरी लाग्दै गइरहेको कुरा अवगतै छ । इमान्दार राजनीतिज्ञको अभाव, परिवर्तनकारी र इमान्दार नेतृत्वको अभाव भइरहको अवस्थामा प्रदेश नं. १ को धनकुटा जिल्लाबाट नेकपा माओवादी पार्टीले भूमिगत रूपमा युद्ध छेडिरहेको थियो ।
त्यसबेला निवर्तमान गठबन्धन सरकारका नेता÷नेतृ र वर्तमान गठबन्धन सरकारका नेता÷नेतृले जनयुद्धका नायक प्रचण्डको टाउकोको मूल्य तोकेका बेलामै नेपालको राजनीतिक निकाश, देशको विकास र रोजगारीको लागि देश बनाउन भूमिगत राजनीतिमा होमिनुभएका नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य क. हेमराज भण्डारी एक दर्शनधारी, कर्तव्यनिष्ठ, इमान्दार र प्रगतिशील नेता हुनुहुन्छ । उहाँसँग नयाँ सञ्चार डट कमले लिएको अन्तरवार्ताको संक्षीप्त रूप र भिडियो तल प्रस्तुत गरएिको छ ।
विकासको थालनी र यसको समापनमा कटिबद्ध पाइलहरू बढाउँदै आफ्नो जिल्ला धनकुटालाई नै मुख्य कार्यथलो बनाइरहनुभएका धनकुटेली जनता माझ प्रिय मानिने नेता हेमराज भण्डारीसँग बेलहारा एयरपोर्ट, तमोर करिडोर, निजामति विद्यालय, तथा विभिन्न प्राविधिक विद्यालय लगायतका बारेमा नयाँसञ्चारका प्रतिनिधिले गर्नुभएकाे कुराकानी । अन्तर्वार्ता भिडियोमा समेत प्रशारण गरिएको छ ।
ताप्लेजुङ्गबाट तमोर तीरहुँदै काठमाडौं र रोल्पातिरको पैदल यात्रा
हेमराज भण्डारीसँग सोधिएको प्रश्न तमोर करिडोरको सम्बन्धमा, अति नै वैज्ञानिक र सहज प्रकारको बाटो बनाउन सपना उहाँले जनयुद्धकालमै ताप्लेजुङ्गबाट तमोर तीरहुँदै काठमाडौं र रोल्पातिरको पैदल यात्राको क्रममा नै देख्नुभएको थियो, जुन सडक काठमाडौं जोड्न मात्र होइन, तर रोल्पा जोड्न पनि बाटो सहज र छरितो भएको कुरा उहाँ बताउनुहुन्छ । त्यसैले शान्ति प्रक्रिया अगाडि बढाएपछि आपूm संविधानसभा सदस्य भएको बेला त्यस परियोजना ल्याउनुभई, अहिले यसले ठूलो फड्को मारेको सर्वविदितै छ ।
बेलहारा एयरपोर्टको सम्बन्धमा सोधिएको प्रश्नमा, सम्भाव्यता अध्ययन, तयारी र बजेट पनि विनियोजन भइसकेपछि, तात्कालीन केपी ओली प्रधानमन्त्री हुनुभएको बेला वातावरण मन्त्रालयमा कागजात पुगेको थियो, तर एमालेका तात्कालीन सांसद राजेन्द्र राई र प्रधान्मन्त्रीले रोक लगाएकोले अहिले पनि विनियोजित बजेट सुरक्षित रूपमा मन्त्रालयमा हुँदाहुँदै पनि बनाउन पाइएको छैन । तर उहाँको पहलकदमी अविछिन्न अझै भइरहेको जानकारी दिनुभयो ।
धनकुटामा निजामती विद्यालय स्थापना गरेर, निजामती कर्मचारीका बालबच्चाहरूलाई सहज र सुलभ प्रकारले शिक्षा दिनुका साथै सर्वसाधारणका बालबच्चाहरूलाई पनि पढ्न सहज बनाएको कुरा बताउँदै विभिन्न सरकारी विद्यालयहरूमा प्राविधिक शिक्षाहरू, माओवादी अध्यक्ष प्रधानमन्त्री हुनुभएको बेला पाख्रीबासमा कृषि प्राविधिक क्याम्पससहित स्थापना गरेर, धनकुटालाई समृद्ध बनाउन ठूलो भूमिका निर्वाह गरेको उहाँकै मुखबाट यस अन्तरवार्तमा सुन्न सक्नुहुन्छ ।
सांसद विकास कोषबाट धनकुटा
सांस्कृतिक तथा धार्मिक सहिष्णूता र सहकार्यलाई बढावा दिँदै, आफू सांसद भएको बेला पहिलोपल्ट सांसद विकास कोषबाट धनकुटा बजार छेउको चुलिवनमा चुलिवन पार्क बनाउन सुरूवात गरेको र यो समापन पनि भएको छ । जसमा पछि अरुको पनि केही लगानी रहेको कुरा उहाँले बताउनुभयो ।
धनकुटाकै नाम्जेमा उहाँकै पहलकदमीमा एउटा आत्मा बस्ने घर बनाउन सफल हुनुभएको छ । उहाँले गर्नुभएका विभिन्न कार्यहरूको नालीबेली यही भिडियोमा सविस्तार हेर्न र सुन्न सक्नुहुनेछ ।
नयाँ सञ्चारमार्फत उहाँको सन्देश यो छ, कि काम गर्ने र भिजनरी नेतालाई छानेर भोट हाल्नुस्, देशको माया भएका, इमान्दार नेतालाई आफ्नो नेता नबनाउने हो भने देश बिग्रिन्छ र विकासमा गतिरोध पैदा भयो भने देश अराजकता र अविकासको बन्दी हुन्छ ।
त्यसैले भिजनरी र सही व्यक्तिलाई रोज्नुस् । देश नबेच्नुस्, विकासमा भाँजो हाल्नेलाई होइन, विकास गर्नेलाई रोजेर हाम्रालाई होइन, राम्रालाई जिताऔं ।
पूरा भिडियाे हेर्नुहाेस्ः