
कति छ आज सुनचाँदीको मूल्य ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज तेजावी सुन प्रतितोलामा ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ । आज चाँदीको मूल्य १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।