
धनकुटाको समृद्धि र विकासको लागि ३० अर्ब भन्दा बढी भित्र्याउन सफल
सन्तोष रुचाल, धनकुटा । प्रतिनिधिसभाका सांसद राजेन्द्रकुमार राईले आफ्नो कार्यकालमा धनकुटाको समृद्धि र विकासको लागि ३० अर्ब भन्दा बढी रकम जिल्लामा भित्र्याउन सफल भएको बताउनुभएकाे छ ।
प्रतिनिधिसभाका सदस्य राजेन्द्रकुमार राईको कार्यकालमा भएका महत्वपूर्ण विकास निर्माणका गतिविधि सार्वजनिक गर्न आज विहान गरिएको पत्रकार सम्मेलनमा बोल्दै सांसद राईले धनकुटाको विकासको लागि आफ्नो तर्फबाट ३० अर्ब ६१ करोड ५५ लाख ५० हजार रुपैयाँ विनियोजन गर्न सफल भएको बताउनुभएकाे हाे ।
राष्ट्रिय गौरवको आयोजना अरुण करिडोर (चतरा–लेगुवाघाट) देखि लिएर प्रदेशकै नमुना विद्यालय निजामति आवासLय विद्यालयको भवन, जिल्लाका अन्य विद्यालयका भवनहरू, स्वास्थ्य चौकी र सडक विस्तारमा उक्त रकम संघीय सरकारले पाँच वर्षे कार्यकालमा धनकुटा जिल्लाको लागि विनियोजन गराउन सफल रहेको सांसद राईले दाबी गर्नुभयाे ।
उनले भने–‘म जनताको छोरो हुँ । मैले जनताको मत पाएर प्रतिनिधिसभाको सदस्य भएपछि सधैभरी जनताको साथमा रहेको छु र आगामी दिनमा पनि धनकुटाको विकास र समृद्धिको लागि सधै लागि रहने बताउनुभयाे ।’
उहाँले आफ्नो पाँच वर्षे कार्यकालमा धनकुटा जिल्लाका सबै क्षेत्रलाई सडक सञ्जाल मार्फत जोड्न सफल भएको बताउँदै आगामी दिनमा उक्त सडकहरूको स्त्तरोन्नतिको लागि पहल गर्ने पत्रकार सम्मेलन मार्फत प्रतिबद्धता समेत जनाउँनुभएकाे छ ।
राष्ट्रिय गौरवको आयोजना अरुण करिडोर (चतरा–लेगुवाघाट) निर्माणको लागि ७ अर्ब बजेट विनियोजन गर्न सफल भएको बताउँदै त्यसको काम तिब्र गतिमा भईरहेको बताउँनुभयाे ।
प्रदेश नं. १ कै नमुना निजामति आवासीय विद्यालय
उहाँकै पहलमा प्रदेश नं. १ कै नमुना निजामति आवासीय विद्यालय करिब ८ करोडको लागनीमा धनकुटामा निर्माण गरिएको छ । आफू निर्वाचित भएसँगै आर्थिक वर्ष २०७५/०७६ मा २ अर्ब ७६ करोड १० लाख ५० हजार रकम धनकुटाको लागि विनियोजन गर्न सफल भएको बताउँनुभयाे ।
त्यस्तै आर्थिक वर्ष २०७६/०७७ मा १ अर्ब ६३ करोड ४१ लाख ५० हजार, आर्थिक वर्ष २०७७/०७८ मा ३ अर्ब २ करोड ८८ लाख ५० हजार, आर्थिक वर्ष २०७८/०७९ मा १२ अर्ब ७९ करोड ७५ लाख रकम विनियोजन गर्न सफल हुनुभएकाे थियाे ।
त्यसैगरी चालु आर्थिक वर्ष आर्थिक वर्ष २०७९/०८० मा ३ अर्ब ३९ करोड ४० लाख बजेट विनियोजन गरेर काम अगाडी बढी रहेको भएपनि वर्तमान गठबन्धन सरकारले विकास निर्माणको केही बजेट काटेकाले सांसद राईले आक्रोस पोख्नुयाे ।
उहाँले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ कारण जिल्ला अस्पताल धनकुटामा अत्याधुनिक सेवा सहितको स्वास्थ्य उपकरणहरू ल्याउन आफु सफल भएको पनि बताउँनु भएकाे छ ।
जसले गर्दा सर्वसाधारण नागरिकहरुलाई स्वास्थ्य सेवा लिन सहज भएको छ । एमाले केन्द्रीय सदस्य तथा धनकुटा इन्चार्ज समेत रहेका सांसद राई यसपटकको प्रतिनिधिसभा निर्वाचनको लागि धनकुटाबाट एकल रूपमा पार्टीबाट सिफारिस हुनुभएकाे छ ।