
पुरानो मोबाइल साटेर नयाँ मोबाइल लैजान पाउने
सन्तोष रुचाल, धनकुटा । मानव मोबाइल पसल धनकुटा नपा–७ ले चाडबाडको अवसर पारेर मोबाईल एक्सचेन्ज अफर ल्याएको छ ।
दशैको अवसरमा ग्राहकहरूलाई लक्षित गरी मानव मोबाइल पसलले पुरानो मोबाइल साटेर नयाँ मोबाइल लैजान पाउने व्यवस्था मिलाएको हो । उक्त अफरमा जुनसुकै कम्पनीको पुरानो मोबाइल सेट साटेर उचित मुल्यांकन गरी आफूले चाहेको कम्पनीको नयाँ सेट लैजान सकिने मानव मोबाइल पसलका संञ्चालक रमेश पौडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो–‘जो सुकैले पुरानो मोबाइल सेट लिएर आउन सक्नुहुनेछ, हामी त्यसको उचित मुल्यांकन गरेर किनिदिनेछौं र ग्राहकलाई त्यसको सट्टामा न्यून मूल्यमा नयाँ मोबाइल सेट दिएर पठाउँछौ ।’ तर यो अफर सीमित अवधीको लागि रहेको छ ।
अन्य पसलको तुलनामा पुरानो सेटको मूल्यांकन बढी र नयाँ सेट पनि विशेष छुटमा सस्तो मूल्यमा उपलब्ध गराउने सञ्चालक पौडेलले दावी गर्नुभयो । मानव मोबाइल पसलमा नोकिया, आइफोन, रेड्मी, रियलमी, ओप्पो, भिभो, सामसुङ, वानप्लस लगायतका कम्पनीका मोबाइल सेटहरू पाईन्छन् । मोबाइल खरिद गर्नेहरूलाई लक्की ड्र मा सहभागी गराउने गरिएको छ । जसमध्ये भाग्यशाली ग्राहकले लुगा धुने वासिङ मेसिन उपहार पाउने छन् ।
मानव मोबाइल पसलले दशंैको अवसर पारेर मोबाइल मर्मतमा पनि विशेष छुट दिइने बताएको छ । यस अघि सो पसलले प्रेम दिवसको अवसरमा विभिन्न मोबाइल कम्पनीहरूसँग सहकार्य गरेर मेघा सेल मोबाइल एक्सचेन्ज मेलासमेत सञ्चालन गरेको थियो । आगामी दिनमा पनि विभिन्न चाडबाडको अवसरमा मोबाइल कम्पनीहरूसँग सहकार्य गरेर यस्ता खालका अफरहरू सञ्चालन गर्ने लक्ष्य राखिएको सञ्चालक पौडेलले बताउनुभयो ।