
आजकाे विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
काठमाडाैं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर स्थिर रहि अमेरिकी डलर एकको नेपाली खरिद दर १२७ रुपैयाँ ३४ पैसा र बिक्री दर १२७ रुपैयाँ ९४ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२७ रुपैयाँ ३ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६३ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १४४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३७ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ १ पैसा र बिक्रीदर ८५ रुपैयाँ ४१ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८ रुपैयाँ ९२ पैसा तथा कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९९ पैसा रहेको छ ।