
यस्तो छ आजको सुनचाँदीको मूल्य
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ३ सय रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज तेजावी सुन प्रतितोलामा ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज बढेकाे छ । आज चाँदीको मूल्य १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।