
आजको विदेशी मुद्राको विनिमय दर: कुन देशको मुद्राको मूल्य कति ?
काठमाडाैं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर स्थिर रहि अमेरिकी डलर एकको नेपाली खरिद दर १२७ रुपैयाँ २९ पैसा र बिक्री दर १२७ रुपैयाँ ८९ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२७ रुपैयाँ ५२ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १४४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५५ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ र बिक्रीदर ८५ रुपैयाँ ४० पैसा कायम भइ कारोबार भइरहेको छ । यस्तै आज जापानी यन १० को खरिददर ८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८ रुपैयाँ ९३ पैसा तथा कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९८ पैसा रहेको छ ।