
ह्वात्तै घट्यो आज सुनचाँदीको मूल्य
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज तेजावी सुन प्रतितोलामा ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य भने आज घटेको छ । आज चाँदीको मूल्य १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।