
आजको विदेशी मुद्राको विनिमयदर कति छ ?
काठमाडाैं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १२७ रुपैयाँ २२ पैसा र बिक्री दर १२७ रुपैयाँ ८२ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १२७ रुपैयाँ ४७ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १४६ रुपैयाँ २१ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९० पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९६ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ८ रुपैयाँ ८६ पैसा र बिक्रीदर ८ रुपैयाँ ९० पैसा तथा कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७९ पैसा रहेको छ ।