
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडाैं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १२६ रुपैयाँ ३४ पैसा र बिक्री दर १२६ रुपैयाँ ९४ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२९ रुपैयाँ २० पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १४८ रुपैयाँ २० पैसा र बिक्रीदर १४८ रुपैयाँ ९० पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७७ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८ रुपैयाँ ९४ पैसा तथा कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७४ पैसा रहेको छ ।