
कति छ आज सुनचाँदीकाे मूल्य ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य १ सय रुपैयाँले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज तेजावी सुन प्रतितोलामा ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य भने आज बढेकाे छ । आज चाँदीको मूल्य १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।