
घट्याे आज सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ३ सय रुपैयाँले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज तेजावी सुन प्रतितोलामा ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेकाे छ । आज चाँदीको मूल्य १ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।