
धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवी–राँके राजमार्ग निर्माण कार्य कछुवा गतिमा
सन्तोष रुचाल, धनकुटा । धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवी–राँके राजमार्गको निर्माण कार्य कछुवा गतिमा अगाडि बढेको छ । पहिलो चरणको सम्झौता सकिएर थपिएको समयमा पनि हालसम्म १६ प्रतिशत मात्र काम सकिएको छ ।
पहिलो चरणको सम्झौताअनुसार काम नभएपछि पुनः समय थप गरिएको थियो । तर एक वर्षको लागि थपिएको समय लगभग ६ महिना बितिसक्दा पनि नेपालका निर्माण व्यवसायीहरूले रकम नपाउँदा गएको माघबाट आयोजनाको काम ठप्पजस्तै रहेको छ । पहाडी जिल्ला धनकुटा, पाँचथर, इलाम र ताप्लेजुङ्गलाई सुनसरी, मोरङ्ग र झापालाई जोड्न निर्माणाधीन उक्त एक सय किलोमीटर लामो राजमार्ग गत वर्षको माघसम्ममा निर्माण सकेर हस्तान्तरण हुनुपर्ने आयोजना हो ।
एक्जिम बैंक ९भ्हष्m द्यबलप० भारतको ३ सय २६ करोड सहुलियत ऋण कर्जामा बन्दै गरेको उक्त सडक आयोजनाको ठेक्का भारत लखनउकै एप्को ईन्फाटेक इन्डिया (Apco-Infratech INDIA) ले पाएको थियो । तराईको पूर्व–पश्चिम राजमार्गको मापदण्डमा ९ मीटर सडक र छेउमा १/१ मीटर डङेन गरी ११ मिटर चौडा बन्ने उक्त राजमार्गको पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सिल्यान्यास गरी काम सुरू गर्नुभएको थियो ।
निर्माणका लागि उक्त एप्को कम्पनी
सडक निर्माणका लागि उक्त एप्को कम्पनीले २०७५ माघदेखि २०७८ माघ सम्ममा काम सक्ने जिम्मा पाएको थियो । तर सम्झौताअनुसार काम नसकिएपछि २०७९ माघसम्म थप समय पाएको कम्पनीले काम जिम्मा लगाएको भारतकै अभिषेक बिल्डरले काम नगर्दा आयोजनाले गति लिन नसकेको आयोजना कन्सल्ट्यान्सी कम्पनी सिम्याट CEMAT ले जनाएको छ ।
बिल्डरले नेपालका काम गर्ने निर्माण व्यवसायीहरूलाई रकम निकासा नदिँदा काम रोकिएको आयोजनाको सुपरभिजनको जिम्मा पाएको कम्पनीका सहायक आवासीय इन्जिनियर स्वागतम् महर्जनले बताउनुभयो । उहाँलेका अनुसार,–‘पैसा नपाएपछि अहिले सबैले काम छाडेर काम रोकिएको छ ।’
भौतिक तथा पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सञ्चालित उक्त आयोजनाको काम बिल्डरले पूरा नगरेपछि निर्माण कम्पनी अप्कोले थप समय मागेको महर्जनले बताउनुभयो । तर मन्त्रालय मार्फत आयोजनाको जिम्मा पाएको इलाम सडक डिभिजन कार्यालय अन्तर्गत भेडेटार–रवी–राँके सडक आयोजना कार्यालय पाँचथरले कम्पनीले गतिविधि देखाएमात्र समय थप्ने बताएको कार्यालय जनाएको छ ।
अभिषेक बिल्डरलाई हटाएर आफै काम सुरू
यता प्रमुख कम्पनी अप्कोका प्रोजेक्ट म्यानेजर अभिताभ होसले अभिषेक बिल्डरलाई हटाएर आफै काम सुरू गर्न लागेको बताउनुभयो । ‘सबै सामान र मान्छे तयार छन् । अब पानी पर्न रोकिएपछि हामी काम सुरू गर्छौं ।’ होसले भन्नुभयो । यसभन्दा अघिको कन्सल्ट्यान्सी प्रमुखले रकम निकासीमा ढिलाई गरी दिँदा कामदारहरूलाई रकम दिन ढिलो भएपनि अहिले सबैको रकम निकासा गरी सकिएको पनि होस्ले बताउनुभयो ।
आयोजना सम्पन्न गर्ने क्रममा वनको स्वीकृति लिन करिब २ वर्ष लागेको र कोभिडका कारण काम प्रभावित हुँदा समयमा आयोजना पूरा हुन नसकेको उहाँको भनाई छ । थप समय पाए आफूहरूले सन् २०२४ सम्ममा काम सम्पन्न गर्ने होसले बताउनुभयो ।
तीन वर्षमा १४ किलोमीटर सडकको सवबेश निर्माण, गेभिङ्ग, मेसिनरी वाल, पाईप कल्भर्ट निर्माणको काम बापत ५० करोड निकासी भई सकेको कन्सल्ट्यान्सीले बताएको छ । कच्ची सडक भए पनि क्षेत्र राजमार्गमा बाहै्र महिना सवारी साधन सञ्चालन हँुदै आएको छ । तर अहिले निर्माणाधिन अवस्थामा रहेको उक्त सडक वर्षातका कारण हिलाम्मे हुँदा यात्रुहरू घण्टौं लगाएर राजारानी, धरान लगायतका स्थानमा जानुपर्ने बाध्यता रहेको छ ।