
थपिए १५२ नयाँ कोरोना संक्रमित, २ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १५२ जनामा संक्रमण पुष्टि भएको हो । ३ हजार २९४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
एक हजार १८६ जनाको पिसिआर र दुई हजार १०८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । अहिले देशभर २ हजार ४४८ जना सक्रिय संक्रमित छन् । १३३ जना संक्रमित निको समेत भएका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ ।