
नक्सा पास नभएका भवनको विवरण ९० दिनभित्र पेस गर्न महानगरको निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र नक्सा नभएर सञ्चालनमा रहेका संरचनाहरुको नक्सा पास गर्ने प्रक्रियामा जाने भएको छ ।
यसअघि अनधिकृत र नक्सा नै नभएका संरचना भत्काउने योजनामा रहेको महानगरपालिका अब नक्सा पास नभएका संरचनाहरुको नक्सा पास गरेर अगाडि बढ्ने प्रक्रियामा लागेको हो ।
नक्सा पास नगरी बनाइएका ब्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायहरुको भवनको नक्सा ९० दिनभित्र पेस गर्न महानगरपालिकाले बिहीबार सूचना प्रकाशित गरेर मौका दिएको हो ।
सूचना प्रकाशित भएको मितिले ९० दिनभित्रमा नक्सा पेस गरी नक्सा स्वीकृत र नियमति गर्न’ अनुरोध गर्दै महानगरपालिकाले सूचना प्रकाशित गरेपछि त्रसित बनेका महानगरपालिका भित्रका घरधनीहरुलाई राहत मिलेको छ । पछिल्लो दुइहप्तादेखि महानगरपालिकाले आक्रामक शैलीमा नक्सा पास नभएका संरचनाहरु भत्काइ रहेको छ ।
महानगरकाे प्रकाशित गरेको सूचना :