
आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
काठमाडौं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १२७ रुपैयाँ ५५ पैसा र बिक्री दर १२८ रुपैयाँ १५ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १२६ रुपैयाँ ९५ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १४६ रुपैयाँ २६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९४ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८६ रुपैयाँ १८ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ८ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८ रुपैयाँ ८७ पैसा तथा कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४ पैसा रहेको छ ।