
यस्तो छ आजकाे विदेशी मुद्राको विनिमयदर
काठमाडौं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १२७ रुपैयाँ ४६ पैसा र बिक्री दर १२८ रुपैयाँ ६ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १२७ रुपैयाँ २७ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १४६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४२ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ९ रुपैयाँ ८ पैसा र बिक्रीदर ९ रुपैयाँ १२ पैसा तथा कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ७० पैसा र बिक्रीदर ३४ रुपैयाँ ८६ पैसा रहेको छ ।