
थपिए २ सय २१ जना कोरोना संंक्रमित
काठमाडौं । कोरोना भाइरसको संंक्रमण आज दुई सय २१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा चार हजार ५८ परीक्षणमध्ये दुई सय २१ जनामा कोरोना भाइरसको संंक्रमण पुष्टि भएको जनाइएको छ ।
आज दुई सय छ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन् । निको हुने प्रतिशत ९८।६ प्रतिशत रहेको छ । सक्रिय संंक्रमितको सङ्ख्या दुई हजार चार सय ४४ जना पुगेको छ । यस्तै आज कोरोना भाइरसको संंक्रमणबाट कसैको पनि निधन भएको छैन ।
पाँच सयभन्दा बढी संंक्रमित भएका जिल्ला काठमाडौं र दुई सयभन्दा बढी संंक्रमित भएको जिल्ला ललितपुर रहेको छ । संंक्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, जुम्ला, पश्चिम रुकुम र मुगु रहेका छन् ।
होम आइसोलेसनमा दुई हजार तीन सय १२, संस्थागत आइसोलेसनमा एक सय ३२, सघन उपचार कक्ष ९आइसियु०मा ३८ र भेन्टिलेटरमा तीन जनाको उपचार भइरहेको छ । आज कोरोना भाइरस विरुद्धको खोप दुई लाख ६९ हजार छ सय ४५ जनाले लगाएका छन् ।