
‘निलम पौडेल बचाऔं आर्थिक सहयोग संकलन अभियान–०७९’
सन्तोष रुचाल, धनकुटा । मिर्गौला पीडित इटहरी उप–महानगरपालिका–२ कर्णेलटोलका वर्ष ३५ वर्षीय निलम पौडेलको उपचार सहयोगको लागि २ लाख ४६ हजार ९ सय रुपैयाँ संकलन गरी उनको परिवारलाई हस्तान्तरण गरिएको छ ।
‘निलम पौडेल बचाऔं आर्थिक सहयोग संकलन अभियान–०७९’ धनकुटाका संयोजक थामबहादुर राई (सानो) को अगुवाईमा मिर्गौला पीडित निलमकी आमा शान्ता पौडेललाई नोवेल मेडिकल कलेज विराटनगरमा गएर नगद हस्तान्तरण गरिएको हो । अभियानका संयोजक थामबहादुर राईले लामो समय धनकुटामा बसोबास गरेका पौडेल परिवारले उपचारको क्रममा पैसाको अभाव भएको बताएपछि धनकुटामा नगद संकलन गरेर सहयोग गरिएको बताउनुभयाे ।
अभियानका आर्थिक समिति संयोजक प्रविण पोख्रेलले धनकुटा बजारमा १ लाख ९१ हजार ९ सय १५ रुपैयाँ, हिले बजारमा ३७ हजार ८ सय ३५ र धरानबाट ६ हजार गरी २ लाख ४६ हजार ९ सय रुपयाँ नगद पौडेल परिवारलाई हस्तान्तरण गरिएको बताउनुभयाे ।
इन्द्रमणी पराजुलीको समेत सहभागिता रहेको
निलम पौडेल बचाऔं अभियानको क्रममा कत्तारबाट प्रज्वल पोख्रेलले ३० हजार, बहराईनबाट हर्क राईले ५ हजार ५ सय, धनकुटा बसपार्कका युवा व्यवसायी विशु आठपहरियाले ६ हजार, धनकुटा नगरपालिका–७ का समाजसेवी देव लिम्बूले ५ हजार ५ सय, निर्माण व्यवसायी लक्ष्मण वि.क.ले ५ हजार नगद सहयोग गर्नुभएकाे छ । अन्य रकम समितिका सदस्यले धनकुटा बजार र हिले बजारको घर–घर तथा पसल पसलमा गएर नगद संकलन गरेको बताउनुभयाे । नगद हस्तान्तरण कार्यक्रममा १ नम्बर प्रदेससभा सदस्य एवं विधायन समितिका सभापति इन्द्रमणी पराजुलीको समेत सहभागिता रहेको थियो ।

पौडेलको दुवै मिर्गौला फेल भएपछि दुई हप्तादेखि नोवेल मेडिकल कलेजको सघन उपचार कक्षमा आईसीयुमा राखेर उपचार भईरहेको छ । त्यस अघि १५ दिनसम्म विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पौडेललको उपचार गरिएको थियो । त्यहाँ आइसियूको अभाव भएपछि नोबेल लगिएको हो । विगत २५ वर्षदेखि धनकुटा बजारमा बस्दै आएका पौडेलका परिवार २ वर्ष अघि इटहरी झरेका थिए । नगद ग्रहण गर्दै पीडितकी आमा शान्ता पौडेलले भन्नुभयाे–‘आफ्नो छोरालाई बचाउनको लागि सहयोग गर्नुहुने धनकुटाबासीलाई धन्यवाद दिनुभयाे ।
उहाँले दैनिक छोराको उपचारको लागि १८ देखि ३० हजार रुपयाँसम्म लाग्ने गरेको बताउनुभयाे । उनले कोही कसैले सहयोग गर्ने मनसाय आएको खण्डमा निलम पौडेलको नाममा एन आई सी एशिया बैंकको इटहरी शाखामा रहेको खाता नं.००४५७५२१५८९२६००१ मा सोझै नगद जम्मा गरी दिनुहुन पनि अनुरोध गर्नुभएकाे छ ।
