
हेर्नुहोस् यस्तो छ आजको सुनचाँदीको मूल्य
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज तेजावी सुन प्रतितोलामा ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज बढेर १ हजार १ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।