
आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
काठमाडौं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १२७ रुपैयाँ ३८ र बिक्री दर १२७ रुपैयाँ ९८ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२६ रुपैयाँ ७८ पैसा र बिक्रीदर १२७ रुपैयाँ ३८ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १४६ रुपैयाँ ६० पैसा र बिक्रीदर १४७ रुपैयाँ २९ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८७ रुपैयाँ १७ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ९ रुपैयाँ ८ पैसा र बिक्रीदर ९ रुपैयाँ १३ पैसा तथा कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९४ पैसा रहेको छ ।