
२४ घण्टामा थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ३ हजार ४५० जनामा गरिएको नमूना परीक्षणमा १४२ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २ सय ३० जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर २ हजार ५ सय २८ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।