
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १२७ रुपैयाँ ३८ र बिक्री दर १२७ रुपैयाँ ९८ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १२८ रुपैयाँ १५ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १४७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४८ रुपैयाँ १४ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८७ रुपैयाँ १९ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ९ रुपैयाँ ८ पैसा र बिक्रीदर ९ रुपैयाँ १२ पैसा तथा कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ८० पैसा र बिक्रीदर ३४ रुपैयाँ ९६ पैसा रहेको छ ।