
थपिए २ सय नयाँ कोरोना संक्रमित, दुई जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप दुई सय जना नयाँ काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ९२ एन्टीजेन परिक्षण गर्दा १०८ गरी जम्मा दुई सय जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ३३९ जना कोरोनामुक्त भएका छन् भने २ जनाकाे मृत्यु भएकाे छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार सात जनाको मृत्यु भइसकेको छ ।
हाल सक्रिय संक्रमितको संख्या २ हजार ६४२ जना रहेका छन् ।