
थपिए २०६ नयाँ कोरोना संक्रमित, ३ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०६ जना नयाँ काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १३४ र एन्टीजेन परिक्षण गर्दा ७२ गरी जम्मा २०६ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ३९८ जना कोरोनामुक्त भएका छन् भने तीन जनाकाे मृत्यु भएकाे छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार पाँच जनाको मृत्यु भइसकेको छ ।
हाल सक्रिय संक्रमितको संख्या २ हजार ८९१ जना रहेका छन् ।