
आजको विदेशी मुद्राको विनिमयदर कस्ताे छ ?
काठमाडौं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १२७ रुपैयाँ र बिक्री दर १२७ रुपैयाँ ६० पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२७ रुपैयाँ १० पैसा र बिक्रीदर १२७ रुपैयाँ ७० पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १४६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६० पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ८७ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ९ रुपैयाँ १२ पैसा र बिक्रीदर ९ रुपैयाँ १६ पैसा तथा कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९२ पैसा रहेको छ ।