
हिजो घटेको सुनचाँदीको मूल्य आज पनि ह्वात्तै घट्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज तेजावी सुन प्रतितोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज घटेर १ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।