
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १२६ रुपैयाँ ८३ पैसा र बिक्री दर १२७ रुपैयाँ ४३ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १२६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १२७ रुपैयाँ १४ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १४७ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८७ रुपैयाँ २६ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ९ रुपैयाँ १४ पैसा र बिक्रीदर ९ रुपैयाँ १८ पैसा तथा कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६८ पैसा रहेको छ ।